देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धितोपत्र बोर्ड अध्यक्षका लागि तीनजनाको नाम सिफारिस

देशान्तर

काठमाडौँ – धितोपत्र बोर्ड अध्यक्षका लागि तीनजनाको नाम सिफारिस भएको छ । बोर्डले गठन गरेको छनोट समितिले तीनजनाको नाम सिफारिस गरेको हो ।

सिफारिसको पहिलो नम्बरमा डा. रमेश हमाल, दोस्रोमा डा। गोपाल भट्ट र तेस्रो नम्बरमा कृष्ण पोखरेल परेको छनोट समितिका एक सदस्यले बताए ।

यसअघि सर्टलिस्टमा परेका पाँचजनामध्ये नीरज गिरी र खगेन्द्र कटुवाल भने सिफारिसमा परेनन् । सिफारिसमा परेका भट्ट राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक हुन् । पोखरेल उपकार्यकारी निर्देशक हुन् भने हमाल पूर्व गैरआवासीय नेपाली हुन् ।