देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साइपालमा हेलिकोप्टरमार्फत चामल ढुवानी

देशान्तर

बझाङ -बझाङको साइपाल गाउँपालिकामा नेपाली सेनाको हेलिकोप्टरमार्फत चामल ढुवानी गरिएको छ । आइतबार नेपाल खाद्य संस्थानको बझाङ देवलस्थित गोदामबाट हेलिकोप्टरबाट चामल साइपाल पु¥याइएको हो । लगातार भएको हिमपातका कारण त्यहाँ खाद्यान्न अभाव भएको थियो ।

हेलिकोप्टरले ३ पटक गरेर ६१ क्विन्टल २० केजी चामल साइपाल गाउँपालिका वडा नम्बर ३ काँडा, वडा नम्बर ४ धुली, वडा नम्बर ५ न्युना र बलौडी गाउँमा पु¥याएको हो। उक्त चामल प्रतिकिलो ५० रुपैयाँमा सर्वसाधरणले पाउने बताइएको छ।

हिमपातका कारण साइपाल गाउँपालिकामा पाँचदेखि सात फिटसम्म हिउँ जमेकाले बाटाघाटा बन्द छन् । स्थानीयको घरमा सञ्चित खाद्यान्न पनि सकिएपछि खाद्यान्नको चरम अभाव सुरु भएको थियो ।