देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महाकालीमा फसेकी महिलाको उद्धार

देशान्तर

कैलाली -महाकाली नदी छेउमा बालुवा निकाल्ने क्रममा पानीको सतह बढेर बीचमा फसेकी महिलाको नेपाल प्रहरीले उद्धार गरेको छ । महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै घर भएकी २५ वर्षीया लिला वडलाई प्रहरीले उद्धार गरेर अस्पताल भर्ना गरेको हो ।

आइतबार बिहान लिला महाकालीको बीच भागमा अड्कीएर रोइकराइ गरीरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।