देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुदूरपहाडमा फेरी हिमपात

देशान्तर

काठमाडौँ – सुदुरपश्चिम प्रदेशका पहाडी जील्लामा फेरी हिउँ पर्न थालेको छ । आज दिउँसोबाट बैतडी, डडेलधुरा, अछाम सहितका जिल्लामा हिउँ पर्न थालेको हो ।

बैतडीको खोडपे, सत्बाज, श्रीभावर लगायत उच्चभेगमा हिमपात सुरु भएको स्थानियले जानकार दिए । गत सातामात्रै भारी हिमपात भएको सुदुर पहाडको जनजिवन कष्टकर बनेको थियो ।

गत साताको हिमपातले अबरुद्ध बिद्युत सेवा अझै सुचारुहुन सकेको छैन । सडक र विद्युत सेवा पुर्णरुपमा संचालनमा नआउँदै पर्न थालेको हिउँले फेरी जनजिवन प्रभावित बन्ने देखिएको छ ।