देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ

देशान्तर

काठमाडौं – प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीनजनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-१० का २२ वर्षीय पासाङ छिरिङ शेर्पा, भोजपुर घर भई तारकेश्वर नगरपालिका-११ बस्ने २४ वर्षीय तेन्जिङ शेर्पा र भीमदत्त नगरपालिका कञ्चनपुर घर भई बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने २७ वर्षीय खगेस खत्री छन् ।

उनीहरूको साथबाट २२ दशमलव ८ ग्राम ब्राउन सुगरसमेत बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी दिनेशराज मैनालीले जानकारी दिए ।