देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

द्रुतमार्गका सुरुङमार्गको डिजाइन स्वीकृत

देशान्तर

काठमाडौं – नेपाली सेनाले काठमाडौं-तराई–मधेश द्रुतमार्गको सुरुङमार्ग र त्यससँग जोडिने अग्लापुलहरुको डिजाइन स्वीकृत भएको छ । सुरुङमार्गहरू बनाउन दुई वटा प्याकेजमा ठेक्का लागेको छ ।

ईपीसी मोडलको ठेक्काअनुसार ठेकदारहरुले नै गरेको डिजाइनलाई सेनाले स्वीकृत गरेर निर्माणस्थलमा पठाइएको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवालले  जानकारी दिए ।

यी दुई प्याकेजको लागत नेपाली मूल्यअनुसार ४४ अर्ब रुपैयाँ छ । एउटा प्याकेजअन्तरगत मकवानपुरको धेद्रेमा (सिम्पानीदेखि चालिसे खोल्सी १.३७ किमी) र लेनडाँडामा(घट्टेपाखादेखि बाँदरेखोल्सी १.४ किमी) गरी दुई वटा सुरुङमार्ग र पुल निर्माण अघि बढ्ने छ । यो काम पोली च्याङ्दा कर्पोरेसनले २५ अर्ब ९ करोड ५९ लाख ७६ हजार ३३७ रुपैयाँमा सो कामको ठेक्का पाएको छ ।

महादेवडाँडामा अर्को ३.३ किलोमिटरको प्याकेजको काम १८ अर्ब ७८ करोड ७० लाख ६५ हजार ६ सय रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले पाएको छ ।