देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

किशोरीलाई गर्भवती बनाएका युवकले सफाइ पाए

देशान्तर

 

 

 

 

 

काठमाडौं-किशोरीलाई गर्भवती बनाएको आरोप लागेका एक जनाले सफाइ पाएका छन् । जिल्ला अदालत धनुषामा आज भएको अन्तिम सुवाइमा सफाइ पाएका हुन् । धनुषा महेन्द्रनगरका २४ वर्षीय शिवराज श्रेष्ठले सफाइ पाएको अदालत स्रोतले जनाएको छ ।

उनीमाथि महोत्तरी जलेश्वरकी १८ वर्षीया एक किशोरीलाई गर्भवती बनाएको आरोप लागेको थियो ।

न्यायाधीश पशुराम भट्टराईको एकल इजलासले आज संक्षिप्त आदेश दिँदै श्रेष्ठलाई सफाइ दिएको अदालतका श्रेस्तेदार विकास बस्नेतले जानकारी दिए । उनकाअनुसार जाहेरीवालाको तर्फबाट अधिवक्ता रिकु साहले बहस गरेकी थिइन् । प्रतिवादीको तर्फबाट श्याम कुमारी मिश्र र प्रदीप मिश्रले बहस गरेका थिए ।