देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वैशाख ३० गते स्थानीय तहको निर्वाचन गरिने

देशान्तर

 

 

 

 

काठमाडौं-सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निणर्य गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त दिन देशभर एकै चरणमा निर्वाचन गर्ने निणर्य गरेको हो ।

सत्तारूढ गठबन्धनले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकारलाई सुझाएको थियो । स्थानीय तहको निर्वाचन यथाशीघ्र घोषणा गर्न सरकारमाथि चौतर्फी दबाब रहेको थियो ।

प्रमुख प्रतिपक्षी दल एमालेले पनि स्थानीय तहको निर्वाचन घोषणा गर्न दवाव दिँदै आएको थियो ।

निर्वाचन आयोगले भने एकै चरणमा गर्ने भए वैशाख १४ र दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो ।