देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर १,५७० जनामा कोरोना संक्रमण पुष्टि, थप १३ जनाको मृत्यु

देशान्तर

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधिमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो। ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ६ हजार १४६ जना निको भएका छन्।

देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ६७ हजार ४२७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३४ हजार ८३२ जना पुगेको छ। संक्रमितमध्ये ९ लाख १५ हजार ४८९ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ८२७ जना पुगेको छ।

हाल देशभर सक्रिय संक्रमित ४० हजार १११ जना रहेका छन्।