देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तामाकोसी आयोजनाको रोल्वालिङ खोला जलविद्युतको काम रोक्न निर्देशन

देशान्तर

दोलखा — काम थालेको एक वर्षपछि गौरीशंकर संरक्षण क्षेत्रले अचानक माथिल्लो तामाकोसी आयोजनाको रोल्वालिङ खोला जलविद्युतको काममा रोक लगाएको छ । संरक्षण क्षेत्रले तामाकोसीलाई पत्र लेखेर आयोजनाको काम रोक्न निर्देशन दिएको छ ।

सरकारले निर्माण गरिरहेको आयोजनालाई सरकारकै अर्को निकायले रोक लगाएपछि आयोजना र संरक्षण क्षेत्रबीच द्वन्द्व बढेको हो । संरक्षण क्षेत्रमा पर्ने उक्त आयोजनामा जानसमेत अनुमति लिनुपर्ने भन्दै पत्र काटेपछि विवाद सतहमा आएको छ ।

संरक्षण क्षेत्रका प्रमुख डा। मधु क्षेत्रीद्वारा हस्ताक्षरित पत्रमा स्थानीयको उजुरी अवलोकन गरेर प्रतिवेदनको आधारमा भौतिक निर्माणको काम रोक्न आदेश दिइएको बताइएको छ ।

यस्तै संरक्षण क्षेत्रले तामाकोसी आयोजनाका सबै कर्मचारीको विवरणसमेत माग गरेको छ । संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ र निर्देशिका २०५६ अनुसार तामाकोसी आयोजना र अन्य प्रशारण लाइनमा काम गर्ने स्वदेशी र विदेशी कर्मचारी साथै कामदार सबैलाई अनुमति लिनसमेत पत्रमार्फत् भनिएको छ ।

अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठले भने दुवै सरकारी निकाय भएकाले सहकार्य गर्नुपर्ने भन्दै उक्त पत्रप्रति असन्तुष्टि जनाएका छन् । यद्यपि अचानक संरक्षण क्षेत्रले काम रोक्नु भनेपछि हाल आयोजनाको काम रोकिएको उनले बताए ।

उक्त आयोजनाको पानी माथिल्लो तामाकोसी आयोजनाको बाँधमा खसालेपछि तामाकोसीले थप एक घण्टा अत्यधिक माग भएका बेला (पिकिङ इनर्जी) ४ सय ५६ मेगावाट विद्युत उत्पादन गर्ने बताइएको छ ।