देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल विद्युत प्राधिकरणले विद्युतीय संरचना सार्न ल्यायो नयाँ कार्यविधि

देशान्तर

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विद्युतीय संरचना (तार, पोल, ट्रान्सफर्मर) सार्न नयाँ प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ ।

प्राधिकरणले ‘विद्युतीय संरचना स्थानान्तरण सम्बन्धी कार्यविधि’मार्फत संरचना सार्ने कामलाई व्यवस्थित बनाएको हो । कार्यविधिमा विद्युतीय संरचना स्थानान्तरण, प्राविधिक जाँच, स्वीकृति दिने अधिकारी, स्थानान्तरण गर्दा लाग्ने खर्च र पूरा गर्नु पर्ने दायित्वलगायतका व्यवस्था गरिएको छ ।

प्राधिकरणले प्राविधिक जाँच गरी सम्भव देखिएमा मात्र ४००र२३० भोल्ट (एलटी लाइन), ११ केभी र ३३ केभीसम्मको लाइनको तार, पोल र त्यसमा जडान भएको ट्रान्सफर्मर लगायतका संरचनाको स्थानान्तरण गर्ने जनाएको छ । काठमाडौं उपत्यकालगायतका देशका विभिन्न सहरी क्षेत्रहरुमा सरकारी निकायहरु, स्थानीय तहहरु, उपभोक्ता समिति, व्यक्तिरसंस्थाहरुमार्फत सडक विस्तारका क्रममा विद्युतीय संरचनाहरु सार्न माग गर्दै प्राधिकरणमा निवेदन आउने गरेको छ ।