देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

देशान्तर

खाँदबारी – संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा गोरखा नगरपालिका–४ का चालक मिलन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

आज बिहान ७ बजे प्र।२–०–३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी–९ सभाखोला नजिकै दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

उनका अनुसार मकालु गाउँपालिका–५ को नुममा सिमेन्ट पुर्याएर फर्कंदै गर्दा सभाखोला नजिकैको घुम्तीमा ब्रेक फेल भएर ट्रक दुर्घटनामा परेको हो ।