देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजदेखि मौसममा सुधार हुने

देशान्तर

काठमाडौं । आजदेखि मौसममा सुधार हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार सामान्यतया देशैभर मौसम सफा रहेनेछ ।

केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम प्रभावित भई हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात र देशभर पानी परेको थियो ।

मौसमी प्रणालीमा सुधार भएसँगै अब हिमपात र वर्षा पनि बिस्तारै कम हुँदै जाने मौसम पूर्वानुमा महाशाखाको विष्लेषण छ । मौसममा सुधार आएसँगै तापक्रम पनि बढ्नेछ ।

महाशाखाका अनुसार आइतबार दिउँसो मौसम सफा नै रहनेछ भने राति प्रदेश १ र बागमतीमा आंशिकदेखि सामान्य बदली हुनेछ ।