देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

७९८ एम्पुल लागू औषधसहित एक महिला पक्राउ

देशान्तर

हेटौंडा – मकवानपुर प्रहरीले ७९८ एम्पुल लागू औषधसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बकैया गाउँपालिका-४ छतिवन घर भई हेटौंडा उपमहानगरपालका-११ बस्तीपुरमा डेरा गरी बस्‍दै आएका २९ वर्षीया नानीमाया खत्री रहेका छन् ।

प्रहरीले उनको कोठाबाट लागू औषध २८० एम्पुल डाइजेपाम, २६८ एम्पुल फेनार्गन र २५० एम्पुल नुफिन गरी ७९८ एम्पुल लागू औषध बरामद गरेको छ ।पक्राउ परका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।