देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चित्रकार लैनसिंह बाङ्देलको अमेरिकामा पहिलो एकल प्रदर्शनी

देशान्तर

काठमाडौँ — कला अन्वेषक एवं चित्रकार लैनसिंह बाङ्देलको निधन भएको २ दशकपछि उनको समय र सृजना सम्झाउने कलाको एकल प्रदर्शनी अमेरिकामा सुरु भएको छ ।

‘मुन ओभर काठमाडौं’ प्रदर्शनीको न्यूयोर्क उद्घाटनमा येह ग्यालरीका निर्देशक वोएन डफी र बाङ्देल एण्ड शाक्य फाउण्डेसनका निर्देशक बिभाकर शाक्य ।

अमेरिकाको न्यूयोर्कस्थित सेन्ट जोन्स युनिभर्सिटीको येह आर्ट ग्यालरीमा गत बिहीबार(जनवरी २७० मा सुरु भएको प्रदर्शनी चैत अन्तिम सातासम्म चल्नेछ । बाङ्देल एण्ड शाक्य फाउण्डेसनको सहयोगमा जारी प्रदर्शनीमा कलाकार लैनसिंह सन् १९६८ मा अमेरिकामा फुलब्राइट फ्याकल्टी बनेर गएका बेला कोरिएका एक दर्जनभन्दा बढी नयाँ चित्रहरु राखिएका छन् ।

बाङ्देल एण्ड शाक्य फाउण्डेसनका निर्देशक बिभाकर शाक्यका अनुसार २० वटा चित्र राखिएको प्रदर्शनीमा आधाजति नयाँ र बाँकी नेपाल छँदै बनाइएका वा प्रदर्शनीमा आएका सृजनाहरु राखिएको छ । नातामा कलाकार बाङ्देलका ज्वाई (छोरी डीना बाङ्देलका श्रीमान)बिभाकरले ‘यो प्रदर्शनीले कलाकार लैनसिंहको बाङ्देलको सृजन आयाम र प्रभावलाई फेरि सम्झाउने’ विश्वास लिएका छन् ।

‘मुन ओभर काठमाडौं’ नाम दिइएको प्रदर्शनीमा ग्यालरीका निर्देशक वोएन डफीले क्युरेटरको जिम्मेवारी निभाएका छन् । क्युरेटर डफी कला विषयमा प्राध्यापन गर्ने डीना बाङ्देलकै विद्यार्थी थिए । डीनाको ५३ वर्षकै उमेरमा सन् २०१७ मा अमेरिकामा निधन भएको थियो ।