देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्युठानमा जन्ती बोकेको जीप दुर्घटना, आठ जनाको मृत्यु

देशान्तर

काठमाडौं । प्यूठानको गौमुखी गाउँपालिकामा बेहुली लिएर फर्किएको जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

जिल्लाको नौबाहिनी गाउँपालिकाबाट लुङबाट गौमुखी गाउँपालिका लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बर जीप आज बिहान ३ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

यस्तै, दुर्घटनामा पाँच जना घाइते भएका छन् । जीपमा १३ जना सवार रहेका थिए । बेहुलाको घर नजिकै पुग्दा जिप दुर्घटना भएको थियो ।

जिप सडकबाट तीन सय मिटर तल खसेको हो । बाटोमा पहिरो खसेका कारण दुर्घटना भएको अनुमान गरीएको छ । घटनाबार थप विवरण आउन बाँकी छ ।