देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डोटीमा बँदेलको आक्रमणबाट तीन जना घाइते

देशान्तर

धनगढी – केही दिनयता डोटीमा बदेलले आतंक मच्चाएको छ। डोटीको आदर्श गाउँपालिकामा बदेलले आतंक मच्चाएको हो । दुई दिनयता बदेलले गाउँपालिकाको वडानम्बर ४ मा मात्रै ३ जनालाई आक्रमण गरिसकेको छ ।

बिहीबार बदेलको आक्रमणबाट २ जना घाइते भएका थिए भने शुक्रबार थप एक जनालाई बदेलले आक्रमण गरेको छ।

बिहीबार हन्नेकाँडामा बदेलले स्थानीय १५ वर्षीय गणेश नेपालीलाई घाइते बनाएको थियो। आक्रमणबाट घाइते नेपालीलाई उपचारका लागि काठमाडौँ लगिएको आफन्तले बताए ।

यस्तै, सोही दिन आक्रमणबाट १२ वर्षीय सुरेश बिष्ट पनि घाइते भएका थिए। उनको अहिले दिपायलमा उपचार भइरहेको छ ।

यस्तै, शुक्रबार पनि फेरि बदेलको आक्रमणमा परी ५८ वर्षीय केशवराज ओझा घाइते भएका छन् ।

ओझालाई उपचारका लागि दिपालय लगिएको उनका आफन्तले जानकारी दिए ।  बदेलले आतंक मच्चाएपछि स्थानीय त्रसित बनेका छन्।
उच्च हिमाली भेगमा हिमपातपछि वन्यजन्तु बेंसी झरेका छन् ।