देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अबुधावी ‘आतंकवादी आक्रमण’प्रति नेपालद्वारा निन्दा

देशान्तर


काठमाडौं-दुई भारतीय र एक पाकिस्तानी नागरिकको ज्यान जाने गरी युएईको अबुधाबीमा भएको ड्रोन आक्रमणप्रति नेपालले निन्दा गरेको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार ट्वीटरमार्फत युएईका विभिन्न स्थानमा भएका ती आतंकवादी हमलाप्रति खेद व्यक्त गरेको हो । मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । उक्त आक्रमणमा ६ जना घाइते भएका थिए ।

यमनको हुती विद्रोहीले आक्रमणको जिम्मा लिएको छ । ड्रोनमार्फत अबुधावीका तीनवटा पेट्रोलियम भण्डारण स्थललाई लक्षित गरि आक्रमण गरिएको थियो । यो घटनालाई लिएर विश्वभरबाट निन्दा भएको छ । आक्रमणपछि साउदी नेतृत्वको अरबी गठबन्धन र यमन विद्रोहीबीचको द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको रोयटर्सले जनाएको छ ।

वासिङ्टन र तेहरानले आणविक तनाव अन्त्य गर्न कसरत गरिरहेको बेला युएईमा यस्तो आक्रमण भएको हो ।