देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मध्य भोटेकोसीको सेयर नेप्सेमा सूचीकृत

देशान्तर


काठमाडौं-आज मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको साधारण सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनी र नेप्सेबीच प्रतिशेयर अङ्कित मूल्य रु १०० रहेको ६ करोड कित्ता साधारण शेयर नेप्सेमा सेयर सूचीकरण हुने सम्झौता भएको हो ।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्तालाई निष्काशन गरेको एक करोड १७ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीलाई निष्काशन गरेको छ लाख कित्ता, संस्थापक शेयरधनी संस्थामा काम गर्ने कर्मचारीलाई वितरण गरेको २१ लाख कित्ता र कम्पनीको संस्थापकको लगानी रहेको तीन करोड छ लाख कित्ता गरी कूल ६ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।