देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महालक्ष्मी विकास बैंकले २० औं वार्षिक साधारण सभा २५ गते गर्ने

देशान्तर


काठमाडौं-महालक्ष्मी विकास बैंक लिमिटेडको आर्थिक वर्ष २०७७/७८ को बीसौं वार्षिक साधारण सभा २०७८ पौष २५ गते गर्ने भएको छ ।

कम्पनीको मिति २०७८ पौष २ गते बसेको संचालक समितिको ५०६औं बैठकको निणर्यानुसार बैंकको २० औं वार्षिक साधारण सभा आगामी २०७८ पौष २५ गते बिहान ११ बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, टुडिखेल, काठमाडौंमा गर्ने निणर्य गरेको हो ।

यस्तै, कम्पनीले घोषणा गरेको २१.०५२६% लाभांश तथा बीसौं वार्षिक साधारण सभा प्रायोजनको लागि पौष १३ गते शेयर दाखिल खारेज बन्द (बुकक्लोज) गरिने भएको छ।

तसर्थ, मिति २०७८ पौष १२ गते सम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई नियमानुसार सि. डि. एस. एण्ड क्लियरिङ्ग लिमिटेडबाट राफसाफ समेत भई यस संस्थाको शेयर दर्ता किताबमा कायम हुन आएका शेयरधनीहरुले मात्र सभामा भाग लिन साथै लाभांश प्राप्त गर्न सक्नेछन्।