देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२२ वर्षदेखि बन्द जनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याइने

देशान्तर

काठमाडौं-२२ वर्षदेखि बन्द रहेको जनकपुर चुरोट कारखाना सञ्चालन गर्न अर्थ मन्त्रालयले समिति बनाएको छ ।
कारखाना संचालनका लागि अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस गरेको उद्योग मन्त्रालय, सरकारी उद्योग तथा संस्थान शाखाका प्रमुख गिरीराज ज्ञवालीले देशान्तरलाई जानकारी दिए । पूरै बन्द गर्ने की पुनः चलाउने भन्ने निणर्य समितिले दिनुुपर्ने भए पनि अर्थमन्त्रालय सकारात्मक भएकाले ब्युँताउन लागिएको हो ।
उद्योग मन्त्रालयकी सहसचिव चन्द्राकला पौडेलको संयोजकत्वमा रमेश केसी सदस्य र गगनबहादुर विश्वकर्मा सदस्यसचिव रहने गरी अध्ययन समिति गठन गरिएको मन्त्रालय स्रोतले जनाएको छ । समितिले तत्काल संचालन गर्न अध्ययन गर्ने र त्यसका लागि अनुमानित लागतसमेत तयार पार्नेछ ।