देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनसीसी बैंक २५ औं वर्षमा प्रवेशको उपलक्ष्यमा रक्तदानदेखि कर्मचारीलाई सम्मानसम्म

देशान्तर


काठमाडौं-नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले स्थपनाको २५ औं वार्षिकोत्सव मनाएको छ ।
सन् १९९६ अक्टोबर १४ मा भैरहवाको सिद्धार्थनगरमा कार्यालय खोली बैंकले सेवाप्रवाह थालेको थियो । मंगलबार (मंसिर २८ गते) बैंकले रक्तदान, शुभकामना आदानप्रदानदेखि कर्मचारीलाई सम्मान गरी साधारणसभा मनाएको जानकारी दिएको छ ।

वार्षिकोत्सव मनाउने क्रममा बैंकले २३ मंसिरमा देशभरका विभिन्न नौ वटा शाखा कार्यालयहरूमा रक्तदान कार्यक्रम राखेको थियो । कार्यक्रमबाट ५ सय ७१ पोइन्ट रगत संकलन भएको बैंकले जनाएको छ । वार्षिकोत्सव अवसरमा राखिएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेशराज अर्यालले बैंकिङ्ग बजारमा बैंकको उपस्थिति थप बलियो बनाउँदै लैजानेगरी काम गरिरहेको बताए । उनले बैंकमा रहेको निक्षेप जनताको लगानी भएको भन्दै यसको सुरक्षा गर्न बैंकको प्राथमिक दायित्व भएको पनि उल्लेख गरे ।

कर्मचारीलाई सम्बोधन गर्दै सीईओ अर्यालले इमान्दारितासाथ काम गर्नको लागि आग्रह पनि गरेका थिए । आफू पनि तल्लो पदबाट सीईओसम्म बन्न सफल भएको भन्दै अन्य कर्मचारीलाई पनि मुख्य भूमिकामा आउनेगरी काम गर्न उनको आग्रह थियो ।

समारोहमा बैंक सञ्चालक समिति अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले बैंकले एक सबल तथा सक्षम संस्थाको रूपमा काम गरिरहेको र सेवालाई नै प्राथमिक उद्देश्यको रूपमा लिनुपर्ने बताए । वार्षिकोत्सव अवसरमा बैंकले २५ वर्षदेखि निरन्तर काम गरिरहेका पाँच कर्मचारीलाई सम्मान गरेको छ । अमिता श्रेष्ठ, जुली श्रेष्ठ, सरिना पाण्डे, मंगलबहादुर बलामी र राजमान डंगोललाई सम्मान गरिएको बैंकले जानकारी दिएको छ ।देशैभर एनसीसी बैंकका १३७ शाखा, १० वटा एक्स्टेन्सन काउन्टर र १ सय १४ वटा एटिएम बुथहरू सञ्चालनमा छ ।