देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनको निक्षेप तान्ने राष्ट्र बैंकको नयाँ जुक्ति

देशान्तर


काठमाडौं-विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले गैरआवासीय नेपाली (एनआरएन) लाई बैंकमा खाता खोल्नका लागि सहज व्यवस्था गरेको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको नीतिगत कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै केन्द्रीय बैंकले एनआरएनले नेपालका बैंकमा न्यूनतम ५ हजार अमेरिकी डलर वा सो बराबरको विदेशी परिवत्र्य मुद्रामा मुद्दति खाता खोल्न पाउने व्यवस्था गरेको हो ।

विदेशी मुद्राको सञ्चिति बढाउन सहयोग पुग्ने उद्देश्यका साथ केन्द्रीय बैंकले लिएको यो नीतिको एनआरएन तथा सरोकारवाल निकायले प्रशंसा गरेका छन् ।

बैंकिङ विज्ञ अनलराज भट्टराई केन्द्रीय बैंकले लिएको उक्त नीति राम्रो भएको बताए । नेपाली वित्तीय संस्थामा डलर खाता खोल्नका लागि अहिले ८० वटा मुलुकमा प्रचारप्रसार सुरु भइसकेको उनले बताए । ‘केन्द्रीय बैंकले ल्याएको यो नीति एकदम राम्रो हो । यसले नेपालमा लगानी भित्र्याउन महत्वपूणर् सहयोग पुग्छ जस्तो मलाई लाग्छ । यसका लागि अहिले संसारभरका एनआरएन माझ प्रचारप्रसारका काम भइरहेको छ’ उनले भने ।

अहिले विश्वका ८० भन्दा धेरै देशमा ८० लाख गैरआवासीय नेपालीहरु रहेको र अनौपचारिक अध्ययन अनुसार वार्षिक ८० खर्बको कारोबार गैरआवासीय नेपालीहरुबाट हुने गरेको उनले बताए । उनले भने, ‘वार्षिक ५­६ अर्ब हाराहारीमा नेपालमा निक्षेप भित्रिन्छ भन्ने लागेको छ ।’

यसले पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ स्थापना भएको १० अर्ब रुपैयाँको ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’ मा पनि सहयोग पुग्ने भट्टराईको भनाइ छ । भट्टराई गैरआवासीय नेपाली संघको पहलमा खोलिएको एनआरएन नेपाल डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृतसमेत हुन् ।