देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महालक्ष्मी विकास बैंकद्धारा टोखानगरपालिकालाई पानी ट्यांकि हस्तान्तरण

देशान्तर

महालक्ष्मीविकास बैंक लिमिटेडकोे गंगबु शाखाले संस्थागत सामाजिकउत्तरदायित्व कार्यक्रमअन्तर्गत टोखा नगरपालिकाको वडा नं ११ मा रहेको सार्वजनिकशौचालयलाई २ हजार लिटरको २ वटा पानि ट्यांकिप्रदान गरेको छ ।
वडा कार्यालयमा आयोजित एक कार्यक्रमबीच गंगबु शाखाका प्रबन्धक चेतराज पाण्डेले उक्त पानी ट्यांकि टोखानगरपालिका वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारिलाई हस्तान्तरण गरे । उक्तकार्यक्रममा स्थानियनिकायका पदाधिकारी, सामाजिक अभियान्ता, स्थानीय उद्योगी, ब्यापारी तथा बैंकका कर्मचारीको उपस्थिति रहेको थियो ।
यस्तै टोखा नगरपालिका वडा नं ११ का वडा अध्यक्ष उत्तम अधिकारिले सरकारले मात्रै विकास निर्माणका सबै काम गर्न नसक्ने भएकाले यस्ता विभिन्न संघसंस्थाले पनि सहयोग गरेमा समृद्ध वडा निर्माण गर्न सकिने बताए । “सबल बंैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै वित्तिय सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रम संचालन गर्ने जनाएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मतीप्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कणर्ाली प्रदेशमा २ र सुदुरपश्चिमप्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाखग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदानगर्दै आइरहेको छ ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भीसा ईएमभी चिफ बेस ट्राभल कार्ड , इकमर्श कार्ड र डलर कार्ड जारी गरिसकोको छ । समग्रमा चीप बेसीड ट्राभल कार्ड ईकमर्श कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी बैंक रहेको बैंकले जारी गरेको विज्ञाप्तीमा जनाइएको छ ।