देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से ५.८४ अंकले घटेर २४ सय ४९.९७ विन्दुमा बन्द

देशान्तर

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक फेरि ओरालो लागेको छ। यसदिन नेप्से ५.८४ अंकले घटेर २४ सय ४९.९७ विन्दुमा बन्द भएको छ। यसदिन २३१ कम्पनीको ६२ लाख ३४ हजार ७२१ कित्ता सेयर २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७९२ रुपैयाँमा खरिदबिक्री भयो।

बुधबार नेप्से ५३.०९ अंकले घटेर २४ सय ५५.८१ विन्दुमा झरेको छ। त्यसदिन २२६ कम्पनीको ६५ लाख ६० हजार ९४७ कित्ता सेयर २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६२० रुपैयाँमा खरिद बिक्री भयो।

ठूला कम्पनीको सेयर मापन परिसूचक सेन्सेटिभ इण्डेक्स ०.४३ अंकले वृद्धि भएर ४६५.२३ अंकमा अडेको छ। कारोबारमा आएका १३ वटा समूहमध्ये चारको मात्रै परिसूचक बढेको छ। होटल तथा पर्यटन,अन्य, सामूहिक लगानी कोष र लगानी समूहको परिसूचक बढेको हो।

होटल तथा पर्यटनको ०.७६, अन्यको ०.२२, सामूहिक लगानी कोषको ०.०६ र लगानीको ०.१६ प्रतिशतले सेयर मूल्य बढेको हो। बाँकी अन्य समूहको ०५ देखि ०.७६ प्रतिशतसम्म मूल्य घटेको छ।

यसदिन सबैभन्दा बढी व्यापार समूहको परिसूचक ०.७६ प्रतिशतले ओरालो लागेको हो। यसदिन कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रह्यो। सो कम्पनीको ८ करोड ८५ लाख ५२ हजार २०७ रुपैयाँमा सेयर खरिदबिक्री भयो। यस्तै, अपी पावर कम्पनीको ८ करोड ६२ लाख २१ हजार ९ सय रुपैयाँमा सेयर खरिदबिक्री गरेर दोस्रो स्थानमा रह्यो।