देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोहोरो अंकले बढ्यो नेप्से, साढे ४ अर्बको सेयर कारोबार

देशान्तर

काठमाडौं – सेयर कारोबारको अघिल्लो दिन अर्थात् आइतबार ७२.३२ अंकले घटेको नेप्से सोमबार दोहोरो अंकले बढेको छ।

आज ३२.२२ अंकले बढेर २५ सय ४६.०८ विन्दुमा बन्द भएको छ। यसदिन २२७ कम्पनीको ९४ लाख ७१ हजार ३११ कित्ता सेयर ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँमा खरिदबिक्री भयो। सोमबार कारोबारमा आएका २२६ कम्पनीको ८९ लाख २० हजार ८९४ कित्ता सेयर ४ अर्ब ९ करोडमा किनबेच भएको थियो।

ठूला कम्पनीको सेयर कारोबार मापन सेन्सेटिभ इण्डेक्स पनि ७ अंकभन्दा बढीले बढेर ४८०.९७ विन्दुमा अडेको छ। कारोबारमा आएका सबै समूहको परिसूचक बढेको छ। यसदिन डेभलपमेन्ट बैंकको परिसूचक सर्वाधिक ३.३४ प्रतिशतले बढेको छ। त्यस्तै जलविद्युतको २.८८ र वित्तको २.५४ प्रतिशतले परिसूचक बढ्दा अन्यको १.६१, होटल तथा पर्यटनको १.३९, लघुवित्तको १.३५ प्रतिशतले सेयर बढेको छ।

बाँकी अन्य समूहको पनि ०.८६ प्रतिशतसम्म मूल्य बढेको छ। यसदिन दुई कम्‍पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोकार भयो। मेरो माइक्रो फाइनान्सको १० प्रतिशत र एक्सेल डेभलपमेन्ट बैंकको ९.५५ प्रतिशतले सेयर मूल्य बढेको हो।

यसदिन कारोबार रकमका आधारमा नबिल बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको १७ करोड भन्दा बढिको सेयर कारोबार भयो। यस्तै नेसनल हाइड्रोपावरको १५ करोड बढिको सेयर कारोबार गरी दोस्रो स्थानमा रह्यो।