देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नबिल बैंकले कालिकोटमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गर्‍यो

देशान्तर

काठमाडौं-नबिल बैंकले कालीकोटको पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।

बैंकले गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँच समझदारी समेत गरेको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त साझेदारीमार्फत गाँउपालिकाहरूले स्थानीयस्तरमा संचालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई गाउँपालिकाको सिफारिसमा नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरूमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको बैंकद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले नबिल बैंकको दिगो बैंकिङ्गले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने अपेक्षा राखे । बैंकका बैंकिङ्ग प्रबन्धक लीलाप्रसाद ओझाले दिगो बैंकिङ र वित्तीय साक्षरताबारे उल्लेख गरे । नबिल बैंकले गत असार १५ गते धान दिवसका दिनदेखि नबिल दिगो बैंकिङ्ग सुरुवात गरेको थियो । सरकारको दिगो विकासका लक्ष्यलाई सघाउन बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको जनाएको छ ।

यो कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा प्रवाह थालेको छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई लक्षित गरी कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशीलता विकासका लागि ल्याएको यो कार्यक्रम शुरूमा १७ वटा दुर्गम शाखाहरूबाट संचालन गरिरहेको छ । कार्यक्रमअन्तर्गतन नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा प्रवाह गर्दै गर्दै आएको छ ।