देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागलुङको एक विद्यालयका २६ जनामा कोभिड संक्रमण

देशान्तर


बागलुङको एक विद्यालयका २६ जना विद्यार्थी र शिक्षकहरुमा एकैपटक कोभिडको संक्रमण पुष्टि भएको छ ।

 

बागलुङ नगरपालिका-१३ पैयुंपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्रछात्रा र शिक्षकहरुमा कोभिड संक्रमण देखिएको हो ।

कोभिडको जस्तै लक्षण देखिएपछि धौलागिरि अञ्चल अस्पतालका स्वास्थ्यकर्मीहरुको टोलीले बुधबार र बिहीबार परीक्षण गरेको थियो । केहीको एन्टिजेन र केहीको पीसिआर परीक्षण गर्दा एकैपटक ठूलो मात्रामा संक्रमण पुष्टि भएको हो ।

धौलागिरि अञ्चल अस्पतालका कोभिड फोकल पर्सन प्रकाश घिमिरेका अनुसार ८१ जनामा परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको हो ।
वडाध्यक्ष नारायण शर्मा पौडेलले संक्रमण पुष्टि भएको विद्यालय एक साताका लागि बन्द गर्न जिल्ला कोभिड नियन्त्रण तथा रोकथाम व्यवस्थापन समितिलाई पत्राचार गरिएको बताए ।