देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभामुखले बोलाए कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकको बैठक

देशान्तर

काठमाडौँ । सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकहरुको बैठक बोलाएका छन् ।

सभामुख घिमिरेले आज दिउँसो २ बजे सिंहदरवारस्थित कार्यकक्षमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री, प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते अपराहन्न ३ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रस्तुत गर्ने तालिका रहेको छ ।