देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिवम् सिमेन्टद्वारा गण्डकी प्रदेशका ५ सय भन्दा बढी निर्माणकर्मीको जोखिम बीमा

देशान्तर


काठमाडौं- शिवम् सिमेन्टले पोखरासहित गण्डकी प्रदेशका विभिन्न १० स्थानमा ५ सय बढी निर्माणकर्मीहरुसँग अन्तरक्रियाका साथै उनीहरुको जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको छ ।

अन्तक्र्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथसाथै हरेक सहभागी निर्माणकर्मीको लागि ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी पनि सोही कार्यक्रम मार्फत हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा स्याङ्जा, लनहुँ, लमजुङ, गोरखा, बाग्लुङलगायत जिल्लाका विभिन्न १० स्थानमा ५ सय भन्दा बढी निर्माण कर्मीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमागरी १५ सय भन्दा बढी निर्माणकर्मीसँग अन्तक्रिया तथा जोखिम बीमा सम्पन्न गरिसकेको छ ।
उक्त अन्तक्र्रिया कार्यक्रममा निर्माणकर्मीलाई दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको थियो ।

शिवम् सिमेन्टले चरणबद्ध रुपमा देशका विभिन्न स्थानहरुमा नियमित रुपमा निर्माण कर्मीसँग प्राविधिक अन्तक्र्रिया तथा बीमा कार्यक्रम गर्दै आइरहेको छ । पहिलो चरण अन्तर्गत शिवम् सिमेन्टले भाद्र तथा असोज महिनामा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्लालगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दाबढी निर्माणकर्मीसंग प्राविधिक अन्तक्रिया गरी उनीहरुको जोखिम बीमा गराई सकेको कम्पनी प्रतिनिधिले बताएका छन् ।

शिवम् सिमेन्टले निरन्तर रुपमा विक्रि पछिको निःशुल्क प्राविधिक सेवा समेत दिदै आहिरहेको छ । निःशुल्क दक्ष प्राविधिक सेवा लिनका लागि टोल फ्रि.नं. १६६००१२३३२१ (एन.टि.सी.) ९८०१५७५५७५ (एन.सि.एल.) मा सम्पर्क गर्न सकिने छ ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मी हरेक दिन जोखिमपुणर् कार्यहरु गर्दै आइरहेका हुन्छन् उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकमीको लागि रु ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो ।
उक्त कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरकहरु, उद्योगी, व्यवसायीलगायतका उपस्थिति रहेको थियो । शिवम् सिमेन्टले आगामी दिनमासमेत शिवम् सिमेन्टका विक्रेताहरुसँगको समन्वयमा यस अन्तक्रिया तथा निशुल्क बीमा कार्यक्रम निरन्तर सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।

“भरोसा अटुट सम्बन्धको”, “गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” तथा क्वालिटिको मामलामा नो कम्परमाइज, जस्ता मूल नाराकासाथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ । देशको विभिन्न ठूला-ठूला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपूणर् भूमिका निभाउँदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरिय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटि अबार्ड-२०१९ प्रथमबाट सम्मानीत भएको थियो ।
ओपिसि सिमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली इएऋ सिमेन्ट बन्न सफल भएको हो ।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आइएसआई,युआरएस प्रमाणित आइएसओ प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।