देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतमा ओमिक्रोन संक्रमण पुष्टि

देशान्तर


काठमाडौं-छिमेकी मुलुक भारतमा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका २ जना संक्रमित फेला परेका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अगरवालले कर्नाटकमा २ जना ओमिक्रोनका संक्रमित फेला परेको बताएका छन् ।

६६ वर्ष र ४० वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ‘हालसम्म देशमा यो भेरियन्टबाट २ जना संक्रमित भएको पुष्टि भएको छ’, अगरवाले भने, ‘दुबै संक्रमित कर्नाटकका हुन् ।’ योसँगै ओमिक्रोन भेरियन्ट २६ मुलुकमा फैलिएको छ ।