देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वाणिज्य बैंकहरुमा लगातार निक्षेप घट्दो अवस्थामा

देशान्तर


काठमाडौं-वाणिज्य बैंकहरुमा निक्षेपको मात्रा क्रमशः घट्दै गएको पाइएको छ ।

नेपाल बैंकर्स संघले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो एक सातामा निक्षेप कुल ७ अर्ब रुपैयाँले घटेको छ ।

संघका अनुसार यही मंसिर३ गते ४२ खर्ब २६ अर्ब रुपैयाँ रहेको निक्षेप मंसिर १० गतेसम्म आइपुग्दा ४२ खर्ब १९ अर्ब रुपैयामा सीमित भएको छ । यस्तै मंसिर ३ गतेसम्म ४० खर्ब ४१ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका वाणिज्य बैंकले मंसिर १० गतेसम्म आइपुग्दा ४० खर्ब ५५ अर्ब रुपैयाँ बराबरको लगानी गरेका छन् । यस आधारमा एक सातामा नै १४ अर्ब रुपैया बराबरको कर्जा लगानी भएको देखिन्छ ।

गत साउन पहिलो साता ४१ खर्ब ५८ अर्ब रुपैयाँ बराबर रहेको निक्षेप मंसिर १० गतेसम्म आइपुग्दा ४१ खर्ब १९ अर्ब रुपैयाँमा सीमित भएको छ । यस्तै, साउनको पहिलो सातामा ३७ खर्ब ६ अर्ब रुपैयाँ रहेको कर्जा मंसिर १० गतेसम्म आइपुग्दा ४० खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप भने अपेक्षित रुपमा थपिन सकेको छैन ।

गत असोज ३१ गतेसम्म सबैभन्दा बढी ४२ खर्ब ६९ रुपैयाँ निक्षेप रहेको थियो । त्यसपछि लगातार निक्षेप घट्ने क्रममा छ । पूँजीगत खर्चमा उल्लेख्य वृद्धि नभएको तथा विप्रेषण आप्रवाहमा समेत गिरावट आएका कारण वाणिज्य बैंकमा निक्षेप बढ्न नसक्दा तरलताको समस्या देखिएको छ ।