देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गृह मन्त्रालयले अफ्रिकन नागरिकलाई नेपाल प्रवेशमा रोक लगायो

देशान्तर



काठमाडौं-गृह मन्त्रालयले अफ्रिकन महादेशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निणर्य गरेको छ । कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिमका कारण गृह मन्त्रालयले आइतबार अफ्रिकाका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निणर्य गरेको अध्यागमन विभागका प्रमुख नारायणप्रसाद भट्टराईले देशान्तरलाई बताए ।

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएको छ । सो भेरियन्टको रोकथामका लागी आइतबार कोभिड-१९ संकट व्यवस्थापन समन्वय समितीको बैठकमा पनि छलफल भएको छ । अफ्रिकाबाट आउने नेपाली पासपोर्ट बाहक र डिप्लोम्याटहरुलाई स्वास्थ्य मापदण्डअनुसार होटल क्वारेन्टाइनमा राख्ने निणर्य गरिएको छ ।

हवाई मार्ग बाहेक अफ्रिकन मुलका नागरिकलाई स्थलमार्गबाट समेत प्रवेशमा रोक लगाउन सर्कुलर गरिएको अध्यागमन विभागका महानिर्देशक भट्टराईले बताए । उनले भने-‘नेपाली पासपोर्ट बाहक, राजदूत र उनीहरुका परिवार बाहेक अरुलाई प्रवेश अनुमति नदिन सर्कुलर गरिएको छ ।’