देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टी २० मा न्यूजिल्याण्डमाथि भारतको जीत

देशान्तर

एजेन्सी । न्यूजिल्याण्डविरुद्धको पहिलो एक टी २० क्रिकेटमा भारत ४ विकेटले विजयी भएको छ । जयपुरमा पाहुना टोली न्यूजिल्याण्डले दिएको १६५ रनको लक्ष्य भारतले ६ विकेट गुमाएर १९.४ आभेरमा पुरा गरेको थियो । यो सँगै टी २० सिरिजमा भारत १–० ले अघि रहेको छ ।

मार्टिन गप्टिलले ७० तथा मार्क च्यापम्यानले ६३ रन जोडेपछि न्यूजिल्याण्डले भारतसामू फाइटिङ स्कोर खडा गरेको थियो । टिम सेइफर्टले १२ रन जोडेका थिए । न्यूजिल्याण्डले निर्धारित ओभरमा ६ विकेठ गुमाएर १६४ रन बनाएको हो ।

भारतका भुवनेश्वर कुमार र रविचन्द्र आश्विनले दुई दुई विकेट लिए । १६५ रनको लक्ष्य पछ्याउने क्रममा भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ६२ रन बनाउँदा कप्तान रोहित शर्माले ४८ रन जोडे । यसैगरी ऋषभ पन्तले नटआउट १७ रन जोड्दा केएल राहुलले १५ रनको योगदान गरे । न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिए ।