देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पत्रकार भिसामा प्रतिबन्ध खुकुलो पार्न अमेरिका र चीन सहमत

देशान्तर

एजेन्सी । अमेरिका र चीनले पत्रकार भिसामा जारी प्रतिबन्ध खुकुलो पार्न सहमत भएका छन् । अमेरिकी र चीनबीच भएको भर्चुअल शिखर सम्मेलनपछि पत्रकार भिसा प्रतिबन्ध खुकुलो पार्न सहमत भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

बेइजिङले बुधवार यो कदमलाई महत्वपूर्ण उपलब्धी भनेको छ । वासिङ्टनले अमेरिकी सञ्चारमाध्यमका सदस्यहरूमाथि चीनले गरेको व्यवहारको निरन्तर निन्दा गर्दै आएको छ र अमेरिकी भूमिमा चिनियाँ मिडियाविरुद्ध कारबाही पनि गरेको छ ।

सन् २०२० मा बेइजिङले दुई देशबीचको तनाव बढ्दै गएपछि न्यूयोर्क टाइम्स, वाशिंगटन पोस्ट र वाल स्ट्रिट जर्नलजस्ता थुप्रै प्रमुख समाचारपत्रहरूमा काम गर्ने अमेरिकीहरुलाई निष्कासन गरेको थियो ।

तर अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिननफिङ बीचको भर्चुअल शिखर वार्तापछि दुवै देशका अधिकारीले नयाँ पत्रकार भिसा जारी गर्न सहमत भएको बताएका छन् ।