देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘ए’ डिभिजन लिगको मुख्य प्रायोजक कतार एअरवेज

देशान्तर

काठमाडौं । कतार एअरवेजले शहीद स्मारक ए डिभिजन लिगको मुख्य प्रायोजकको रुपमा अखिल नेपाल फुटबल संघ (एन्फासँग) सम्झौता नवीकरण गरेको छ ।

बुधबार एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एअरवेजका कन्ट्री म्यानेजर मोहम्मद एल इमामले सम्झौता नवीकरणमा हस्ताक्षर गरेका हुन ।

अघिल्लो वर्षको लिगमा पनि मुख्य प्रायोजक कतार एअरवेज नै रहेको थियो । मुख्य प्रायोजक रहेको कतार एअरवेजले एन्फालाई १ करोड ८० लाख रुपैयाँ दिने अध्यक्ष शेर्पाले जानकारी दिए ।

यो वर्षको दिग मंसिर ३ गतेबाट सुरु हुँदैछ । उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।