देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

युट्युबमा ‘यात्रा’रिलिज

देशान्तर

कलाकार केशव भट्टराईको निर्माणमा तयार भएको अन्तिम फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ युट्युबमा रिलिज भएको छ । केहि समय अगाडी विभिन्न एपमा रिलिज भएको फिल्मलाई ओएसआर डिजिटल मार्फत युट्युबमा सार्वजनिक गरिएको हो ।

२०७५ सालको चैत्र अन्तिममा प्रदर्शनमा आएको फिल्मलाई युट्युबमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । फिल्मले उठान गरेको विषयवस्तुलाई रुचाइएको निर्देशक सम्राट शाक्यले बताए ।

फिल्ममा सलिन मान बनिया, मलिका महत, सलोन बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, जान्वी बस्नेत, जय नन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेको छ ।

विशेष भूमिकामा दीपकराज गिरी पनि छन् । यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बाल कलाकार अंकित संग्रौला र एन्जल राई पनि रहेका छन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा तयार फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको छन् भने बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह–निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

फिल्ममा कथा निर्देशक सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, बनिश शाहको सम्पादन, आशिष पौडेलको कस्ट्युम डिजाइन, जटा शंकर गोसाईको आर्ट डिजाइन, निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेको छ ।

फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा सँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।