देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘मुन्द्रेको कमेडी क्लब’बन्द हुने, अब के गर्लान् जितु ?

देशान्तर

काठमाण्डौँ । हाँस्य कलाकार जितु नेपालले संचालन गर्दै आएको रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रशारण बन्द हुने भएको छ ।

डेढ बर्ष भन्दा लामो समयदेखि नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको यो शो आउँदो साता प्रशारण भएपछि बन्द हुने यसका संचालक जितु नेपालले बताए ।

शो बन्द भएपछि जितुले केही समय विश्राम लिने र नयाँ टेलिभिजन शो दर्शकमाझ ल्याउने जानकारी दिए । यो शोमा निक्कै नै लोकप्रिय भएका कलाकार उमेश राई ‘फुलन्देकी आमा’ अर्को एक रियालिटी शो ‘डान्स च्याम्पियन’ को होेस्ट बन्ने पक्का भएसँगै जितुले कमेडी क्लब बन्द गर्ने निर्णय गरेका हुन् ।

उनले एक टेलिभिजन अन्तरवार्तामा ‘मन्त्रीको सवारी’नामक टेलि सिरियल निर्माण गर्ने सोच बनाएको बताएका छन् ।