देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुर्लभ जन्तरेको ‘कम्पनी तोला’ (भिडियो)

देशान्तर

काठमाण्डौँ । गीतकार तथा निर्देशक बुद्धिराज राई ‘दुर्लभ जन्तरे’ले पुर्वेली लोक लयमा ‘कम्पनी तोला’ बजारमा सार्वजनिक गरेका छन् ।

जन्तरेको गीत, टेक नाछिरिङको संगीतमा तयार भएको गीतमा कृष्णभक्त राई र मेलिना राईको स्वर रेकर्ड गरिएको छ । गीतको एरेन्ज गायक राई स्वयम्ले गरेका छन् । सेवा स्टुडियोमा रेकर्ड गरिएको गीतको अडियो मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।

तुनौरी क्रियशनमार्फत मंगलबार सार्वजनिक गरिएको गीतको भिडियोमा कमल सिंह, छोङबा शेर्पा, सृजना किराँती र अनुशा राईले रोमान्स गरेका छन् । भिडियोको कन्सेप्ट र कथा लेखन तथा निर्देशन दुर्लभ जन्तरेले गरेका छन् । गंगाराम राईले क्यामरा चलाएका छन् भने विष्णु खड्काले सम्पादन गरेका छन् ।

माया पिरतीकै कथामा तयार पारिएको गीतमा बाल्यकालको साथीसंग लामो समयको भेटमा मायाजाल बुन्ने दाउ रचिएको छ । अधिकांश छायांकन काठमाण्डौँमै सकिएको भिडियोमा मेरा पिक र पाँच पोखरी क्षेत्रमा खिचिएको दृष्य पनि समाबेश गरिएको छ ।