देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काबुल हमलाको सुरक्षापरिषद् र पाकिस्तानद्वारा निन्दा

देशान्तर

अफगानिस्तानको कान्दहार सहरमा रहेको मस्जिदमा शुक्रबार भएको बम विस्फोटको पाकिस्तानले निन्दा गरेको छ। पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरी उक्त हमलाको निन्दा गरेको हो। मस्जिद जस्तो स्थानमा गएर उनीहरूको हत्या गर्नु एक प्रकारको जघन्य अपराध भएको विज्ञप्तिमा जनाइएको छ।

कान्दहारस्थित सिया मुस्लिम समुदायको उक्त मस्जिदमा प्रार्थना वेला भएको विस्फोटमा ३२ जनाको ज्यान गएको थियो। शुक्रबार अपराह्न एकैपटक तीनवटा विस्फोट भएको र ती विस्फोटमा ३२ जनाको मृत्यु हुनुका साथै ६८ जना घाइते भएको अफगानी सुरक्षानिकायले जनएको छ।

उक्त हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षापरिषद्‌ले पनि निन्दा गरेको छ। सुरक्षापरिषद्‌को शुक्रबारको बैठकले हमलाको निन्दा गर्दै यस्ता जघन्य अपराधमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न पनि माग गरेको छ।

तीनजना हमलाकारीले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन्। प्रत्यक्षदर्शीका अनुसार एकजना आक्रमणकारीले मस्जिदको प्रवेशद्वारमा विस्फोट गराएको र अरू मस्जिदभित्रै प्रवेश गरेर आक्रममण गरेका थिए । त्यस समयमा सो मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेकाले धेरै नागरिकको ज्यान गएको हो।