देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मस्जिदमा विस्फोट हुँदा अफगानिस्तानमा ४० जना मारिए

देशान्तर

अफगानिस्तानको एक मस्जिदमा भएको बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ४० पुगेको छ । दक्षिणी अफगानिस्तानको कान्दाहार शहरको शिया मस्जिदमा प्रार्थना भइरहेको समयमा शुक्रबार बिस्फोट भएको थियो ।

बिस्फोटमा परेर दर्जनौ व्यक्ति घाइते भएको बीबीसीले जनाएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

बिस्फोट कान्दाहारको इमाम बारगाह मस्जिदमा भएको हो । बिस्फोटको जिम्मा इस्लामिक स्टेट (आईएस)ले लिएको छ । विष्फोटपछि तालिवान सरकारका गृह मन्त्रालयका प्रवक्ता कारी सइद खोस्तीले ट्वीट गर्दै घटनामा संलग्नको खोजी कार्य भइरहेको बताएका छन् ।
उनका अनुसार क्षतिको थप विवरण संकलन भइरहेको छ । रोयटर्सका अनुसार तीन जना आत्मघाती हमलाकारीले उक्त बिस्फोट गराएका थिए । घाइतेहरुलाई अस्पताल पुर्‍याइएको छ ।

अफगानिस्तानको उत्तरी सहर कुन्दुजको एक मस्जिदमा बिस्फोट भएको एक हप्तापछि कान्दाहारमा बिस्फोट भएको हो । उक्त बिस्फोटको पनि जिम्मा आइएसले लिएको थियो । इस्लामिक स्टेटका सुन्नी मुस्लिम लडाकुहरुले विगतमा बारम्बार शियाहरुलाई लक्षित गरेका बिस्फोट गरँइरहेका छन् ।