देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देलविस र राजसँग साम्राज्ञीको ‘माया पिरेम’ [भिडिओ]

देशान्तर

काठमाडौँ – चलचित्र निर्माता दिनेश दर्शनधारी र यशोदा राईका छोराहरू देलविस तथा राज अभिनीत ‘माया पिरेम’ बोलको गीतकाे भिडिओ एक भव्य समारोहकाबीच सार्वजनिक गरिएको छ । काठमाडौँमा आयोजित विशेष कार्यक्रममा नेपाली चलचित्रका युग नायक शिव श्रेष्ठले गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए ।

सारङ्गी भिलेज फाण्डेशनले प्रकाशन गरेको ‘नेपालका रैथाने गन्धर्व सभ्यता’ विषयको पुस्तक तथा ट्री मिडिया न्युज प्रालिको ‘बिजनेस दर्शन’ मासिक पत्रिका, भिडिओ सार्वजनिक समारोहमा एकीकृत समाजवादीका नेता सांसद मेटमणि चौधरी, पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश बिस्ट, पत्रकार ऋषि धमला लगायत चलचित्र तथा साङ्गीतिक क्षेत्रका हस्तीहरू उपस्थित कार्यक्रममा गीत सार्वजनिक गरिएको थियो ।

गायक विश्व नेपाली र अस्मिता परियारको स्वरमा रहेको गीतमा नेपाली चलचित्रकी चर्चित नायिका सम्राज्ञी राज्य लक्ष्मी शाह र अलिशा शर्माको अभिनय रहेको छ । युग नायक शिव श्रेष्ठले नव प्रवेशीले नेपाली सिने उद्योग थप बलियो बन्दै जाने प्रतिक्रिया दिए । उनले नयाँ कलाकारलाई प्रोत्साहन दिनुपर्ने धारणा राखे । उनले नेपाली कला क्षेत्रमा नव प्रवेशीको आगमनसंगै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सहज हुँदै गएको बताएका थिए ।

गीतमा माइकल चन्दको निर्देशन, शब्द डिपी खनाल, सङ्गीत शङ्कर स्माइलीको रहेको छ । ट्री इन्टरटेन्मेनको ब्यानरमा निर्माण गरिएको भिडियालाई उत्सव दाहालले खिचेका छन् । यसैबीच ‘नेपालका रैथाने गन्धर्व सभ्यता’ विमोचनमा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले गन्धर्व समुदायका लागि सरकार गम्भीर हुनुपर्ने बताए । उनले सांस्कृतिक पहिचान बोकेको यस समुदायको विकासकालागि आफ्नो पहल रहने बताए ।

कार्यक्रममा पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले नेपालमा सञ्चारमाध्यमको उदय हुँदै गर्दा यसको संस्थागतमा सरकार गम्भीर हुनुपर्ने बताए । त्यस्तै रिर्पोटस् क्लबका अध्यक्ष पत्रकार ऋषि धमलाले पुस्तक,पत्रिका र भिडियो उत्कृष्ट रहेको बताए । सारङ्गी भिलेज फाण्डेशनकी अध्यक्ष यशोदा राईले नेपालको संस्कृति पहिचान बोकेको लोपोन्मुख गन्धर्व समुदायका विषयमा गरिएको अध्ययनले राज्यलाई यस समुदाय प्रति थप जिम्मेवारी बढ्ने उनको भनाई थियो ।

पुस्तकका लेखक दीपक नेपालीले करिब ७० जिल्लामा गन्धर्व समुदायका विषयमा गरिएको अध्ययनमा सार्थकता पाएको बताए । अर्का लेखक गोविन्द सार्कीले लोपोन्मुख समुदायका गरिएको यस अध्ययन एक महत्त्वपूर्ण दस्ताबेज रहेको बताए । कार्यक्रममा अर्का लेखक डिपी परियार भने उपस्थित भएका थिएनन् ।