देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थप ८०५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा ८०५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार २६४ पीसीआर र ३ हजार ४०८ जनाको एन्टीजेन परीक्षणका क्रममा ८०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २८२ पुगेको छ। कुल संक्रमितमध्ये १५ हजार ९४२ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ९११ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ७३ हजार १४० पुगेको छ।

उक्त अवधिमा ८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २०० पुगेको छ।

हाल १४७२८ जना होम आइसोलेसन र १ हजार २१४ जना संस्थागत आइसोलेसनमा छन्। २४२ जना क्वारेन्टाइन, ३२९ जना आइसीयू र ११२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।