देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रामायणु मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन

देशान्तर

काठमाण्डौ – भारतीय टेलिभिजन च्यानल दूरदर्शनमा प्रसारित हुने पौराणिक कार्यक्रम ुरामायणु मा रावणको भूमिका निभाउने अरविन्द त्रिवेदीको गए राति निधन भएको छ ।

सन् १९८० को दशकमा दूरदर्शनमा प्रसारित हुने रामानन्द सागरको निकै लोकप्रिय धारावहिक ुरामायणु मा रावणको भूमिका निभाउने अभिनेता अरविन्द त्रिवेदीको निधन भएको हो । उनको उमेर ८३ वर्ष थियो ।

हिजो मङ्गलवार राति ११ बजे आफ्नो घरमा उनको ज्यान गएको बीबीसी लेखेको छ । उनी लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित थिए ।

ुरामायणु मा रावणको भूमिका निभाउनुका साथै त्रिवेदीले धारावाहिक विक्रम और बेतालु मा पनि महत्त्वपूर्ण भूमिका निभाएका थिए । यसका साथै उनी गुजराती सिनेमा जगतमा पनि परिचित थिए ।

यही वर्षको मे महिनामा पनि उनको मृत्युलाई लिएर सामाजिक सञ्जालमा अफवाह फैलिएको थियो । त्यस समय ुरामायणु मा लक्ष्मणको भूमिका निभाउने सुनील लहरीले त्यो अफवाहलाई खारेज गर्दै अरविन्द त्रिवेदी जीवित रहेको बताएका थिए ।