देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रुपन्देहीमा दशैंअघि ६५ हजारलाई कोरोना खोप लगाइने

देशान्तर

बुटवल – रुपन्देहीमा १८ वर्षमाथिका ६५ हजार नागरिकलाई दशैंअघि कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको असोज १८ को पत्रअनुसार जिल्ला कोभिड खोप समन्वय तथा अनुगमन समितिको वैठकले असोज २२ र २३ गतेभित्रै सबै पालिकामा एकसाथ खोप लगाउने निर्णय गरेको हो ।

रुपन्देहीका लागि १३ हजार ८० थान भाइल खोप व्यवस्था भएको र १६ वटै स्थानीय तहलाई परिपत्र गरिएको स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा। राजेन्द्र गिरीले जानकारी दिए । १६ स्थानीय तहका ९९ स्थानमा खोप केन्द्र तोकिएको उनले बताए ।

‘दशैं अगाडि ६५ हजार जनालाई भेरोसेल खोप लगाउने लक्ष्य छ,’ डा। गिरीले भने, ‘त्यसका लागि ६५ हजार ४०० सय थान सिरिञ्ज र खोप कार्ड आएको छ ।’ जिल्लामा १६ वर्षमाथिका ६८ हजार ८ सय जनालाई खोप लगाउनुपर्ने भएपनि बाँकीलाई दशैंपछि लगाइने छ ।