देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फसेको श्री एयरको जहाज निकाल्ने प्रयास जारी

देशान्तर

काठमाडौँ – त्रिभुन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ क्षेत्रको घाँसे मैदानमा चिप्लिएको श्री एयरलाइन्सको जहाज निकाल्ने प्रयास जारी रहेको विमानस्थल व्यवस्थापनले जनाएको छ ।

नाइननानएफ कल साइन भएको क्यू४००-८ जहाज काठमाडौँबाट नेपालगञ्जका लागि बिहान ९ः३३ मा उडान भर्ने क्रममा धावनमार्गमा ट्याक्सी गर्ने क्रममा पार्किङ क्षेत्रमै एउटा चक्का घाँसे मैदानमा फस्न पुगेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

उनका अनुसार फसेको जहाज निकाल्ने प्रयास भइरहेको र यात्रुलाई अर्को जहाजमा पठाइने छ । उक्त जहाजमा चालक दलका चारसहित ८० जना सवार थिए ।