देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एक करोड ४० लाखले लगाए कोभिडविरुद्धको खोप

देशान्तर

काठमाडौं । नेपालमा एक करोड ४० लाख बढीले कोरोना भाइरस संक्रमणविरुद्धको खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा ८३ हजार तीन सय ७३ मात्रा खोप लगाएसँगै कोरोना विरुद्धको खोप लगाउनेको संख्या एक करोड ४० लाख ४२ हजार ८८८ जना पुगेको स्वासथ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उनीहरुमध्ये ६३ लाख ४८ हजार २७९ जनाले पूर्ण मात्रा र ७६ लाख ९४ हजार ६०९ जनाले एक मात्रा खोप लगाएका छन् । नेपालमा लक्षित जनसंख्या मध्ये २९.२ प्रतिशतले कोभिड–१९ विरुद्धको दुवै मात्रा खोप लगाएका छन् ।

यता पछिल्लो २४ घण्टामा ८६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ८,२१९ जनाको नमुना परीक्षण गर्दा ८६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९६ हजार ६१८ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९१ हजार ९२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

थप १,१२३ जना निको भएसँगै कोरोना सङ्क्रमण मुक्त हुनेको संख्या सात लाख ६७ हजार ८१९ जना पुगेको छ । थप नौ जनासहित कोरोना भाइरसको सङ्क्रमणको कारण अहिलेसम्म ११ हजार १५७ जनाले ज्यान गुमाएका छन् । अहिले १७ हजार ६४२ जना सक्रिय सङ्क्रमित रहेकामा ३५० जनाको आईसीयू र ११२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।