देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजको मौसम : चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना

देशान्तर

काठमाडौं – वर्षा याम शुरु गराउने मौसमी प्रणाली मनसुन नेपालबाट बाहिरिनु पर्ने सामान्य मिति आज अर्थात् अक्टोबर २ तारिख हो, तर मनसुन अझै केही दिन रहने देखिएको मौसमविद्ले बताएका छन् ।

मौसम पूवानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिलेसम्मको अनुमानमा कम्तीमा अरू ती दिन सोमबारसम्म मनसुन बाहिरिने छाँटकाँट देखिएको छैन । नेपालबाट मनसुन बाहिरिने औसत मिति आज अक्टोबर २ भए पनि यस पटक केही लम्बिएको हो ।

मौसमविद् नगरकोटीका अनुसार अहिले प्रदेश-१, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ । ‘कतै हल्का, कतै छिटफुट र कतै मध्यमसम्म वर्षा भइरहेको छ’, मौसमविद् नगरकोटीले भनिन्, ‘बिहानै काठमाडौंमा पनि छिटफुट वर्षा भएको थियो तर अहिले रोकिएको छ ।’

उनका अनुसार आज दिउँसो वा अपराह्नतिर काठमाडौंमा मध्यमसम्म वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो (भन्नाले बिहान १०-११ बजेदेखि साँझ ६ बजेसम्मलाई बुझ्नुपर्छ) मौसम देशभर आंशिक (धेरै आकाश खुला, थोरैमा बादल) देखि सामान्य (धेरै आकाश बादलले ढाकेको, थोरै खुला) बदली हुनेछ भने प्रदेश-२ का धेरै र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश १ र २ का धेरै र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा प्रदेश-१ र २ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लखे छ ।