देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रकाश र मीनाको समुहले जित्यो ‘दोहोरी च्याम्पियन’ को उपाधि

देशान्तर

काठमाडौं – रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि गायक प्रकाश पराजुली र गायिका मीना बुढाथोकीको समूहले जितेको छ । शनिबार साँझ पोखराको फेवा किनारमा भएको फाइनलमा प्रकाश र मीनाको जोडीले बालचन्द्र बराल र शोभा कार्कीको समूहलाई भोटको आधारमा पछि पार्दै उपाधि जितेका हुन् । बालचन्द्र र शोभा उपविजेता बनेका छन् ।

उपाधि जितेसँगै प्रकाश र मीनाको समूहले २० लाख नगदसहित ट्रफी र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेको छ । त्यस्तै, दोस्रो हुने बालचन्द्र र शोभाको समूहले १० लाख नगदसहित ५० लाख बराबरको जीवन बीमा प्राप्त गरेको छ । त्यसैगरी सविन आचार्य र रीता रावतको समूहले तेस्रो स्थान हासिल गरेको छ ।

राजेन्द्र पाठक र मीना नेपालको समूहलाई भोटका आधारमा पछि पार्दै सविन र रीताको समूह तेस्रो भएको हो । राजेन्द्र र मीनाको समूह चौथो भएको छ । तृतीय र चौथो हुनेलाई तीन लाख र दुई लाख नगद दिइएको छ ।

दोहोरी च्याम्पियन’को निर्णायकमा गायक प्रजापति पराजुली, गायिका सीता थापा, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गीतकार रमेश बि.जी. र गायक तथा गीतकार चन्द्र शर्मा रहेका थिए । त्यस्तै चर्चित गायक बद्री पंगेनी र गायिका प्रिती आलेले कार्यक्रम संचालन गरेका थिए ।