देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रोममा जी– २० शिखर सम्मेलन सुरु हुँदै

देशान्तर

 

काठमाडौं – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जी-२० का नेताहरूलाई जलवायु परिवर्तन र विश्वव्यापी कोभिड महामारीबारे मिलेर समाधान निकाल्न अपिल गरेका छन् ।

विश्वका २० औद्योगिक राष्ट्रको समूह जी-२० को शिखर सम्मेलनको पूर्वसन्ध्यामा बोल्दै महासचिव गुटेरेसले जलवायु र कोभिड महामारीलाई मिलेर समाधान गर्न अपिल गरेका हुन् । ठूला शक्ति राष्ट्रबीच रहेको अविश्वासको खतरनाक अवस्था हटाउँदै जलवायु परिवर्तनबाट उत्पन्न हुन सक्ने विनाश रोक्नुपर्ने र खोप वितरणमा देखिएको विश्व्यापी ‘अनैतिक अन्तर’ कम गर्नुपर्ने उनको भनाइ थियो ।

जलवायुसम्बन्धि ग्लास्गो सम्मेलन विफल भए गम्भीर जोखिम उत्पन्न हुने पनि गुटेरेसले बताए । ‘यदि ग्लास्गो सम्मेलन परिणामविहीन भयो भने गम्भीर जोखिम उत्पन्न हुने कुराप्रति सबै प्रस्ट हुनुपर्छ’, शुक्रबार रोममा बोल्दै उनले भने ।